
काठमाडौँ, ९ कात्तिक । नेपालमा गत २४ घण्टामा थप ३ हजार ३ सय ३६ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएको जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ५८ हजार ८९ सय पुगेको छ ।
हाल देशभर ४५ हजार ५ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ८ सय ५७ जना पुगेको छ ।















प्रतिक्रिया