
काठमाडौँ, ९ कात्तिक । नेपाली कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने भएको छ ।
कोजाग्रत पूर्णिमाका दिन प्रत्येक वर्ष आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह यो वर्ष कोरोनाभाइरस संक्रमणको जोखिमका कारण नगर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
पार्टीका मुख्यसचिव पौडेलद्वाारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण यस वर्षकोे कात्र्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ । ’
वि.सं. २०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै शुभकामना आदान प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया