
काठमाडौँ, ९ कात्तिक । सत्तारुढ नेकपा नेता जनार्दन शर्मा र उनकी पत्नी लक्ष्मीलाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।
नेता शर्माले आफूलाई संक्रमण भएको आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै जानकारी दिएका छन् ।
नेता शर्माले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।
उनमा हल्का ज्वरो आउने समस्या देखिएपछि शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना पुष्टि भएको हो ।















प्रतिक्रिया