
काठमाडौँ, ९ कात्तिक । पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयले थप ४ जना संक्रमितहरु पोखरा महानगरपालिकाका रहेका छन् ।
मृत्यु हुनेमा निमोनियाको समेत समस्या रहेका पोखरा–१ का ४२ वर्षीय पुरुष रहेका छन् । उनको शनिबार बेलुका पौने ८ बजे चरक मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । उनमा कात्तिक ३ गते संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत पोखरा महानगरपालिका–२२ का ६८ वर्षीय पुरुषको पनि शनिबार बिहान गते ९ः३० मा मृत्यु भएको थियो ।
निमानियाकै पीडित उनको कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका–३१ का ५८ वर्षीय पुरुषको शनिबार दिउँसो साढे ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारको क्रममा मृत्यु भएको हो ।
कात्तिक ७ गते कोरोना संक्रमण देखिएको उनमा निमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या थियो ।
निर्देशनालयले अर्का मृतक पनि पोखराकै रहेको जनाएको छ ।
त्यस्तै, शनिाबार मात्रै कोरोना देखिएकी पोखरा महानगरपालिका–१५ का ५२ वर्षीय महिलाको शनिबार राति १०ः२० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आईसियुमा मृत्यु भएको हो ।















प्रतिक्रिया