
काठमाडौँ, ८ कात्तिक । काठमाडौँको सुन्धारामा रहेको मुसफिर मदनी मस्जिदमा शनिबार विहान तोडफोड भएको छ ।
एक सय वर्ष पुरानो मस्जिदमा अपरिचितको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन् ।
ऐतिहाकिस मस्दिज भूमाफिायको तारो बन्दै आएको पनि बताउँछन् । मस्जिद निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको छ । यसको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।
मस्जिद तोडफोड भएपछि काठमाडौँमा रहेका मुस्लिम समुदाय आक्रोशित बनेका छन् । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काएको बताएका छन् । उनका अनुसार यसअघि पनि मस्जिदमा पटक पटक आक्रमण भएको अन्सारीले बताए ।
कतिपयले भने काठमाडौँ महानगरपालिका वडा नं. २२ का वडाध्यक्षको संलग्नतामा मस्जिद खाली गराउन भन्ने गरेको आरोप लगाए ।
मस्जिदमाथि मात्र नभएर मुस्लिम समुदायमाथि नै आक्रमण भएको बताउँदै मुस्लिम संघले पनि घटनाका विरोध गरेको छ ।
यो मस्जिद २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको थियो ।















प्रतिक्रिया