८ कार्तिक २०८३, आइतबार

थप २८ सय ४६ जना कोरोनामुक्त, १ लाख ८ हजार ३३४ निको

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ कात्तिक । नेपालमा गत २४ घण्टामा थप २ हजार ८ सय ४६ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४६ जना संक्रमणमुक्त भएको जनाएको छ ।

योसहित निको हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ ।

शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएसँगै देशभर संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

हाल देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ८ सय ४२ जना पुगेको छ ।