
काठमाडौँ, ६ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार १ सय १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा थप १ हजार १ सय १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
थपिएकामध्ये ६ सय ८१ जना पुरुष र ४ सय २९ जना महिला रहेका छन् । त्यस्तै, काठमाडौँ उपत्यकामा हाल २४ हजार ७ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, ४२ हजार ९ सय ५३ जना निको भइसकेका छन् । हालसम्म उपत्यकामा ३ सय एक जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गत २४ घण्टामा उपत्यकाका ३ जिल्लाका ८ जनासहित १३ जनाको मृत्यु भएको छ ।
देशभर शनिबार थप २ हजार २ सय २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ८ सय ४२ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी, थप २ हजार ८ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।















प्रतिक्रिया