८ कार्तिक २०८३, आइतबार

सानो डिजाइन भएर लिम्पियाधुरा नदेखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारको स्पष्टिकरण

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बडा दशैंको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सामा लिम्पियाधुरा नसमेटिएको भन्ने विषयप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्रीले प्रयोग गरेको निशान छापको नेपालको नक्सामा लिम्पियाधुरा नसमेटिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा प्रश्न उठाएका छन् ।

यसरी उक्त विषयमा विवादमा तानिएपछि यसबारे स्पष्टिकरण दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भनेका छन्, ‘नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वभाविक हो । यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु ।’

लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको बताउँदै तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय नभएको थापाको जिकिर छ ।

अहिले यस विषयलाई योजनबद्द रूपमा भ्रम सिर्जना गर्न खोजिएको थापाको दाबी छ ।