८ कार्तिक २०८३, आइतबार

थप २६ सय ६८ ले जिते कोरोना, एक लाख ५ हजार बढी निको भए

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ कात्तिक । नेपालमा गत २४ घण्टामा थप २ हजार ६ सय ६८ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ६८ जना संक्रमणमुक्त भएको जनाएको छ । योसहित निको हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ ।

शुक्रबार थप ४ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ सय पुगेको छ ।

हाल देशभर ४६ हजार ६ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ८ सय २९ जना पुगेको छ ।