
काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले यस दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने भएकी छन् ।
शुक्रबार राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै कोरोनाभाइरस संक्रमणको महामारीका कारण राष्ट्रपति भण्डारीले टीका नलगाइदिने जानकारी गराएको हो ।
त्यस्तै, यसपालिको दसैँको महाअष्टमी र कोजाग्रात पूर्णिमाको दिन राष्ट्रपति भण्डारीले शक्तिपीठको दर्शन पनि नगर्ने राष्ट्रपटि कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन् ।















प्रतिक्रिया