८ कार्तिक २०८३, आइतबार

नागरिकको जीवन रक्षाका सम्वन्धमा सरकार विमुख हुन सक्दैन : प्रधानमन्त्री ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने बताएका छन् ।

शुक्रबार अपरान्ह देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनमा उनले भने, ‘नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारका सम्वन्धमा सरकार विमुख हुन सक्दैन ।’ त्यस्तै, ‘अनिश्चय र आशंकाको बीचमा विगतमा भन्दा फरक ढंगले मनाउनु परेको छ । संक्रमणको ख्याल गर्नुपर्ने भएको छ । त्यसप्रति विशेष सजग भएर मनाउन आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले भने ।

त्यसैगरी प्रधानमन्त्री ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताएका छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन् ।

उनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सुझाव दिएका छन् । त्यस्तै लकडाउन प्रति कतिको नकारात्मक टिप्पणी सुनिए पनि नागरिकले लकडाउन पालना गरेकाले मृत्युदर बढ्न नपाएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।