
काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार सवा ४ बजे सम्बोधन गर्ने भएका हुन् ।
बालुवाटारमा भारतीय गुप्तचरी निकाय रिसर्च एण्ड एनालाइसीय विङ्ससँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरेपछि आलोचना खेपिरहेका छन् । यसैबीचमा आज गर्ने भनिएको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।
सम्बोधनमा कोरोना महामारीका बीचको दसैँको सन्देश तथा रअसँगको भेटबारे पनि स्पष्ट पार्न सकिने बुझिएको छ ।















प्रतिक्रिया