८ कार्तिक २०८३, आइतबार

शपथ ग्रहणमा झडप हुँदा घाइते नेकपाका एक कार्यकर्ताको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ७ कात्तिक । पर्सामा सत्तारुढ नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विन्दबासिनी गाउँपालिका ५ का नेकपा गाउँपालिका कमिटीका सचिव मुकेश चौरासिया रहेका छन् ।

न्युरो अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहणमा एक पक्षलाई नबोलाएको भन्दै कार्यकर्ताहरुबीच झडप हुँदा ८ जना घाइते भएका थिए ।

घाइतेमध्ये गम्भीर रहेका चौरासियाको शुक्रबार निधन भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ । घटनामा दोषी देखिएकालाई कारवाही हुने प्रहरीको भनाइ छ ।