
काठमाडौँ, ७ कात्तिक । महोत्तरीमा ‘प्रहरी हुँ’ भन्दै सर्वसाधारणलाई ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
‘प्रहरी हुँ’ भनेर सर्वसाधारणसँग जवरजस्ती रकम तथा मोबाइल लिई रहेको सूचनाको आधारमा मटिहानी प्रहरी चौकीबाट खटेका प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको मनरासिश्वा नगरपालिका वडा नं. २ बस्ने वर्ष ३६ को प्रकाश कुमार सिंह र धनुषा जनकपुर उपमहानगरपालिका वडा नं.४ बस्ने वर्ष ३७ को सन्दिप कुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनीहरुलाई मटिहानी नगरपालिका वडानं. ८ बाट दुवैलाई पक्राउ गरिएको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट मोबाइल र ५ हजार नगद बरामद समेत भएको छ ।
आफू प्रहरी भन्दै स्थानीयबासीहरुबाट सैमसंगको मोबाइल र पाँच हजार नगद लिएको जानकारी गराएपछि चेकजाँच गर्दा उनीहरुबाट सो बरामद भएको थियो ।















प्रतिक्रिया