८ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले एक वक्तव्य जारी गर्दै भनेका छन्, “नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निःशर्त, भेदभावबिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु ।’’

अहिलेको विषम परिस्थितिमा जनहितमा काम गर्न सभापति देउवाले सरकारसँग आग्रह गरेका हुन् ।

यसैगरी जनताले आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने तथा आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानुनी हक भएकाले सरकारले कुनै शर्तबिना यसको कार्यान्वयन गर्नुपर्छ, सभापति देउवाको वक्तव्यमा उल्लेख छ ।

त्यस्तै, कांग्रेसको अनुगमन समितिले सबैमा दसैँ घरघरमै मनाउन समेत आग्रह गरेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढीरहेकाले त्यस्तो आग्रह गरेको हो ।