७ कार्तिक २०८३, शनिबार

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुलुक भरि आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले काठमाडौँको असनमा कात्तिक ६ देखि असन शाखा संचालनमा ल्याएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराएको छं ।

बैंकको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।