
काठमाडौँ, ६ कात्तिक । काठमाडौँको दरबारमार्ग क्षेत्रबाट कस्तुरीका विनासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पनेमा काभ्रेको पाँचखाल नगरपालिका ८ चिसापानी घरभई हाल काठमाडौँको बौद्धमा बस्ने ३९ वर्षीय पासाङ लामा र डल्लु बस्ने ३६ वर्षीय राम कुमार लामा रहको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनीहरुलाई प्रतिबन्धित कस्तुरीको विना अवैध रुपमा बिक्री वितरण गर्नका लागि ल्याएको भन्ने सुचनाको आधारमा महाशाखाबाट खटिएको अनुसन्धान टोलीले बिहीबार दिउँसो २ बजे दरबारमार्ग स्थित सालिकचोकबाट पक्राउ गरेको हो ।
उनीहरको साथबाट २७ ग्राम तौल भएको प्रतिबन्धित कस्तुरीको विना र ४ सेट मोबाइल बरामद गरेको महाशाखाले जनाएको छ ।















प्रतिक्रिया