१ कार्तिक २०८३, आइतबार

आइसीटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसीटी अवार्ड अन्तर्गत २०२० संस्करणको छनोट प्रक्रिया अन्तर्गत बिहीबार ४ विधाका उत्कृष्ट ५ को घोषणा गरिएको छ ।

यस वर्ष विभिन्न ११ विधामा आइसीटी अवार्डका लागि अनलाइन नोमिनेशन खुला गरिएको थियो । अन्य विधाहरूमा विभिन्न चरणको छनौट प्रक्रिया जारी छ । १४ जनाको जुरी समितिले तेस्रो चरणको छनोट प्रक्रियाबाट स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट ५ को छनौट गरिएको छ ।

यी चार विधामा यस वर्ष २ सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो । आइसिटी अवार्ड २०२० मा उत्साहजनक नोमिनेशन र छनौटमा प्रतिस्पर्धा पनि उच्च रहेको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले बताए ।

स्टार्टअप आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप कम्पनीहरूमा बिजहब आइटी सर्भिसेस प्रालि, क्रिप्टोजेन नेपाल प्रालि, जेनियस सिस्टम प्रालि, जिवी हेल्थ प्रालि र नेपमेड्स प्रालि रहेका छन ।

यसैगरी प्रडक्ट आइसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल प्रडक्टहरूमा सिपिएसडिएस, फ्युज क्लासरूम, जेनियस आइपिटिभी, जिवी र न्यानो नानी छन् ।

यसैगरी इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरूमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका छन ।

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेका छन् ।

विभिन्न ४ विधाहरूमा अवार्डमा प्राप्त नोमिनशेनहरूबाट पहिलो चरणमा सर्टलिस्ट गरिएको थियो । त्यसपश्चात् १४ जना जुरी समितले उत्कृष्ट १२ को छनौट गरेको थियो । उत्कृष्ट १२ ले जुरी समक्ष भर्चुअल माध्यमबाट प्रिजेन्टेशन तथा स्पिड डेटिङमा भाग लिएका थिए । यस वर्ष भर्चुअल माध्यमबाट स्पिड डेटिङ सञ्चालन गरिएको थियो, जुन नेपालमै सम्भवतः नौलो प्रयोग हो ।

यस वर्ष सबै विधाहरूमा राम्रा प्रतिस्पर्धीहरू रहेको र छनौट प्रक्रिया समेत वैज्ञानिक र प्रविधिमैत्री रहेको जुरी संयोजक सुशील पोखरेलले बताए । उत्कृष्ट ५ मा नपरेका प्रतिस्पर्धीहरू पनि उत्तिकै सफल र दाबेदार रहेको उनले बताए ।

विभिन्न चार विधाहरूको उत्कृष्ट ५ मा पर्न सफलहरूले अब पब्लिक भोटिङमा सहभागी हुनुपर्ने छ । कात्तिकक १२ गते बुधबारदेखि पब्लिक भोटिङ सञ्चालन हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

उनका अनुसार यस वर्ष एसएमएस, ईमेलसँगै पेमेन्ट पार्टनर ईसेवा मार्फत पनि भोट गर्न सकिने छ ।