
काठमाडौं, ६ कात्तिक । शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
दुर्घटनामा परि काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै ज्यान गएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिए ।
१३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु-कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको खरेलले बताए ।
उनीहरुको साँखुमा रहेको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया