
काठमाडौं । गायिका प्राश्ना लामाको स्वरमा ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो’ सार्वजनिक भएको छ ।
यो गीतमा प्राश्नालाई शीतल गुरुङले साथ दिएका छन् । टिपिकल लोक भाकाको यो गीतमा माया प्रेमसहित मन मिलेमा लगनगाँठो गाँसौं यसपाली भनेर रमाइलो पारामा छेड्खानी गरिएको छ ।
शब्द संयोजन कृष्ण राउतको रहेको गीतको सङ्गीत अनि एरेञ्ज कसांग लामाको छ । हेमा फिल्म्सको ब्यानरमा निर्माण भएको यो गीतको भिडियोको निर्देशन यादव पुडासैनीले गर्नु भएको हो भने मुख्य सहायक निर्देशन अनि मिडिया पब्लिसिटी सुरज लामिछानेले गगरेका छन् ।
शुरेस बज्राचार्यको छायाँकन, नारायण रिजालको कोरियोग्राफी र अनिलकुमार महर्जनको सम्पादन रहेको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र हेरुका लामा फिचरिङ छन् ।
गीत अनुसार अन्जली र हेरुकाको जोडी भिडियोमा एकदम सुहाएको देखिन्छ ।
भिडियो–















प्रतिक्रिया