१ कार्तिक २०८३, आइतबार

भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार दिल्ली फर्किए

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल दिल्ली फर्किएका छन् ।

बुधबार दिउँसो नेपाल आएका गोयल बिहीबार बिहान दिल्ली फर्किएका हुन् । स्रोतका अनुसार उनको टोली आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट दिल्ली फर्किएको हो ।

उनी नेपाल किन आए र क–कसलाई भेटे र के भने भन्ने विषय सबै गोप्य छन् । यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग समेत पैदा गरेको छ ।

यद्यपि, प्रमुख राजनीतिक दलका नेताहरुले भने उनी नेपाल आएको बारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । तर, कतिपय सञ्चारमाध्यममा पार्टीका शीर्षस्थ नेताहरुले उनलाई भेटेको समाचार सार्वजनिक गरे पनि सो कुरा नेताहरुको सचिवालयले अस्वीकार गरेको छ ।