१ कार्तिक २०८३, आइतबार

नेपाली युवा जोगवनीमा मृत भेटिए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

विराटनगर, ६ कात्तिक । भारतको जोगवनी बजार नजिकै एक जना नेपाली युवा बिहीबार बिहान मृत भेटिएका छन् ।

पहिचान खुल्न नसकेका ती युवाको हत्या भएको आशंका गरिएको छ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१६ दक्षिण गेट नजिकै भारततर्फ उनको शव शव भेटिएको इलाका प्रहरी कार्यालय रानीले बताएको छ ।

कार्यलयका अनुसार सीमा क्षेत्रको दशगजा नजिकै भारतीय भूमिमा अन्दाजी २५–२६ वर्षीय युवाको शव फेला परेको हो । सीमा क्षेत्रका बासिन्दाले मृतक युवा सुनसरी इटहरीका भएको बताएका छन् ।

तर, आफन्त र परिवारका कोही पनि सदस्य सम्पर्कमा नआएका कारण शवको पहिचान हुन सकेको छैन ।