२ कार्तिक २०८३, सोमबार

च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखकाे प्रभावशाली सुरुवात

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ कात्तिक । जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा शानदार जितसहित प्रभावशाली सुरुवात गरेको छ ।

उसले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

उसका लागि किंग्स्ली कोम्यानले २८ र ७२ औँ मिनेटमा गरी दुई गोल गरे ।

४१ औँ मिनेटमा लियोन गोरेट्ज्का तथा ६६ औँ मिनेटमा कोरेन्टिन टोलिसोले गोल गरेका हुन् । जर्मन जाइन्ट बार्यनले च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित दर्ता गरेको छ ।

समूह ए अन्तर्गत नै बुधबार राति भएको खेलमा आरबी साल्ज्बर्ग र लोकोमोटिम मस्कोले २–२ को बराबरी खेलेर अंक बाँडेका छन्।