उदयपुर, ६ कात्तिक । उदयपुर जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि कटारी नगरपालिकाले ३० शय्याको सुविधायुक्त आइसोलेसन निर्माण गरेको छ ।
कटारी नगरपालिका –३ ताराघारीमा आइसोलेसन निर्माण गरिएको हो । उक्त स्थानमा तत्कालीन नेपाली सेनाको गुल्म रहेको थियो ।
ताराधारीमा रहेको सेनाको गुल्म वेलसोतमा सरेपछि सेनाले बनाएको भौतिक सरचना नगरपालिकालाई हस्तान्तरण गरेको थियो । अहिले त्यसैलाई मर्मत गरेर आइसोलेसन सेन्टर तयार गरिएको नगरपालिका सूचना अधिकारी ओम मिश्रले बताए ।











प्रतिक्रिया