८ कार्तिक २०८३, आइतबार

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सुर्खेत, ५ कात्तिक । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका ६ स्थित पञ्चकोशी होटलबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दैलेख नौमुले गाउँपालिका २ बस्ने २६ वर्षीय मनोज बिक समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटेलमा रेडपाण्डाको छालाको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनीहरुलाई उक्त छाला र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।