
काठमाडौँ, ५ कात्तिक । बाराको बनुलमा गोली चलेको छ ।
प्रहरीले हतियारधारीमाथि गोली प्रहार गर्दा एक जना भारतीय नागरिक बृज किशोर कुश्वाहा घाइते भएका छन् ।
पाखुरामा गोली लागेका कुश्वाहा सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कुश्वाहाको साथबाट प्रहरीले ५ राउण्ड गोलीसहित एउटा पेस्तोल बरामद गरेको जनाएको छ । त्यस्तै, चाडबाडको समयमा उनी लुटपाटको योजनासहित नेपाल प्रवेश गरेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया