
काठमाडौँमा २३ सय ९१ सहित उपत्यकामा थपिए ३ हजार १०७ कोरोना संक्रमितकाठमाडौँ, ५ कात्तिक । काठमाडौँ उपत्यकामा थप ३ हजार १ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १७३ गरी उपत्यकामा ३ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
मंगलबार उपत्यकामा १ हजार ७ सय ४६ जना संक्रमित थपिएका थिए ।
देशभर वुधबार थप ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ७ सय ९१ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया