२ कार्तिक २०८३, सोमबार

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ कात्तिक । नेपालमा थप ५ हजार ७ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा २० हजार ७ सय ४२ जनाको नमुना स्वाब परीक्षण गरिएको थियो ।

थपिएका संक्रमितमध्ये ३ हजार १ सय ७ जना काठमाडौँ उपत्यकाका रहेका छन् ।

वुधबार थपिएकासँगै देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार ९ सय ९६ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।

हाल देशभर ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ७ सय ९१ जना पुगेको छ ।