८ कार्तिक २०८३, आइतबार

दैलेखमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ कात्तिक । दैलेखमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको गुराँस गाउँपालिका–२ बान्द्रेमा आज विहान बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोकको चौतारा नगरपालिका १० सागाचोकका ५१ वर्षीय राजेन्द्र केसी र नुवाकोटको ककनी गाउँपालिका ७ चतुरालीका २५ वर्षका मिलन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।