२ कार्तिक २०८३, सोमबार

किंग्स-११ पञ्जावले शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई झट्का दियाे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ५ कात्तिक । आइपिएलमा शीर्ष स्थानको दिल्ली क्यापिटल्समाथि किंग्स-११ पञ्जावले ५ विकेटको जित हात पारेको छ ।

मंगलबार दुबईमा भएको खेलमा दिल्लीले दिएको १६५ रनको लक्ष्य पञ्जावले १९ ओभरमा ५ विकेटको क्षतिमा पार गरेकाे हाे ।

पञ्जावको जितमा निकोलास पूरनले ५३ रनको योगदान दिए। उनले २८ बलमा ६ चौका र ३ छक्का हिर्काए। ग्लेन म्याक्सवेलले ३२ रन जोडे। दीपक हुडा १५ रन तथा जेम्स निशम १० रनमा नटआउट रहे ।

त्यसअघि बिस्फोटक ब्याटिङ गरेका क्रिस गेलले १३ बलमा ३ चौका र २ छक्काको मद्दतमा २९ रनमा जोडे। ओपनर तथा कप्तान केएल राहुलले १५ रन बटुले ।