१ कार्तिक २०८३, आइतबार

ललितपुर महानगरले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनकाे खर्च बेहोर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ५ कात्तिक । ललितपुर महानगरपालिकाले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न शव वाहनसहित सबै खर्च बेहोर्ने भएको छ ।

महानगरले होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न वडागतरुपमा पीपीई, शव झोला, पन्जा, सेनिटाइजर, मास्कलगायतका सामग्री व्यवस्थापन गर्ने भएको छ ।

सरकारले मृत्यु भएका व्यक्तिको परिवार आफैले शव व्यस्थापन गर्ने कार्यविधि तयार गरेपछि ललितपुर महानगरपालिकाले वडागतरुपमा सामग्री तयार गरेको हो ।

ललितपुर महानगरपालिकाका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले एउटा वडामा ३ जनासम्मको मृत्यु भएमा उनीहरुको शव व्यवस्थापन गर्न मिल्ने गरी सामग्री तयार गरेको जानकारी दिनुभयो ।

उहाँले चाडवाडमा मृत्यु भएका व्यक्तिको दाहसंस्कारमा समस्या नहोस् भन्दै शव व्यवस्थापन सामग्री तयार गरेको जानकारी दिनुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालाले मंगलबारबाटै शव व्यवस्थापन गर्न सबै वडालाई सामग्री उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

कोभिड सम्पर्क अधिकृत गुरुङले मंगलबार १३ वडामा मृत्यु भएका एक जनाको शव व्यवस्थापन गर्न सामग्री हस्तान्तरण गरिसकेको बताउनुभयो ।

महानगरले एक जनाको मृत्यु भएमा उनको शव बोक्ने दुई व्यक्तिका लागि पीपीईलगायत सामग्री तयार गरेको जानएको छ । ‘एउटा वडामा ३ जनासम्मको शव व्यवस्थापन गर्न ६ सेट सामग्री वडालाई दिनेछौं।’ –कोभिड सम्पर्क अधिकृत गुरुङले जानकारी दिनुभयो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।