काठमाडौं, ८ चैत । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा तैनाथ नेपाली सुरक्षाकर्मीको पारिश्रमिक फेरि बढाएको छ ।
गत साता राष्ट्रसंघ सुरक्षा परिषद्ले शान्तिमिसनमा कार्यरत फौजको तीन वर्षे सन २०१७ सम्मको पारिश्रमिक तालिका सार्वजनिक गर्दै मासिक तलबरभत्ता वृद्धि गरेको हो ।
सन् २०१४ जुलाई १ देखि लागू गरिएको प्रतिमहिना १३३२ अमेरिकी डलरलाई २०१५ जुलाई १ देखि १३६५ र २०१६ जुलाई १ देखि १४१० डलर बनाइने तालिकामा उल्लेख गरिएको कारोबारमा खबर छ ।
यसबाहेक शान्ति सैनिकलाई दैनिक १.२८ डलर अतिरिक्त भत्ता उपलब्ध हुन्छ ।
बिदाको समयमा जिम्मेवारी निर्वाह गरेबापत प्रत्येक सुरक्षाकर्मीले प्रतिदिन १० दशमलव ५० डलर भत्ता पाउनेछन् ।
गत वर्ष सेवा-सुविधा हेरेफेर हुनुअघि १ शान्ति सैनिकले मासिक १०२८ डलर तलब पाउँथे ।
हृातहतियार, गोलीगठ्ठा, बख्तरबन्दलगायत सुरक्षा व्यवस्थापन र रासनलगायत ‘लजिस्टिक’ तर्फको खर्च प्रत्येक ३र३ वर्षमा समायोजन हुँदै आए पनि सन् १९९५ यता भने शान्ति सेनारप्रहरीको पारिश्रमिक बढेको थिएन् ।
पछिल्लो समय डलरको मूल्यसमेत बढेकाले सेना, प्रहरीको यो अतिरिक्त कमाई थप आकर्षक बनेको कारोबार दैनिकले छापेको छ ।















प्रतिक्रिया