१ कार्तिक २०८३, आइतबार

कर्णाली विवादबारे नेकपा अध्यक्षद्वयबीच जुट्यो सहमति

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटेको छ ।

मंगलबार बिहान भएको भेटघाटमा सो सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सहमतिअनुसार अविश्वासको प्रस्ताव दर्तासँगै भएका पछिल्ला सबै राजनीतिक नियुक्ति बदर गरिने भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलपछि ४ बुँदे सहमति गरेको बताइएको छ ।

पार्टीको प्रचारप्रसार विभाग उपप्रमुख समेत रहेका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकमार्फत दिएको जानकारी अनुसार सहमतिका ती बुँदा यस्ता छन्–

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु–

१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

३. मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र

४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

यस बारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।

सूर्य थापा

प्रेस सल्लाहकार

४ कात्तिक २०७७

https://www.facebook.com/permalink.php?story_fbid=202144324625513&id=105043977668882