१ कार्तिक २०८३, आइतबार

बागमती प्रदेशका ८ वटा अस्पतालमा कोरोनाको निःशुल्क उपचार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । बागमती प्रदेश मातहतका ८ वटा अस्पताल र आइसोलेसनहरुमा कोरोना संक्रमितहरुको निःशुल्क उपचार भइरहेको बागमती प्रदेशले बताएको छ ।

बागमती प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल, सिन्धुपाल्चोकको जिल्ला अस्पताल र ती अस्पतालद्वारा सञ्चालित आईसोलेशन र अन्य स्थानीय तहमार्फत सहकार्यमा सञ्चालित थप १५ वटा आइसोलेसनमा कोरोना संक्रमितहरुको उपचार निःशुल्क भइरहेको प्रदेशको भनाइ छ ।

साथै, प्रदेश सरकारद्वारा सञ्चालित प्रयोगशालामा कोरोना परीक्षण समेत निःशुल्क भइरहेको बताइएको छ ।