१ कार्तिक २०८३, आइतबार

काठमाडौंमा १४३१ जनासहित उपत्यकामा थपिए १७०२ जना नयाँ संक्रमित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्यकाका मात्रै १ हजार ७०२ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना नयाँ संक्रमित थप भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ छ ।