१ कार्तिक २०८३, आइतबार

दार्चुलामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, ४ कात्तिक । कोरोना भाइरसको संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुष छन् । उनी नेपाल प्रहरीको भूतपूर्व प्रहरी नायव निरीक्षक (सई) हुन् ।

४ दिन पहिले ज्वरो आएर धनगढी गएका उनको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या १९९ जना रहेको छ ।