१ कार्तिक २०८३, आइतबार

कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाउन मन्त्रालयको निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउन निर्देशन दिएको छ ।

कक्षा ११ को पढाइ हुने देशभरका सबै विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि नयाँ पाठ्क्रम लागू गरेको जनाउँदै मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्वीकृत पाठ्यक्रमअनुसार कक्षा ११ मा पठनपाठन गर्न मन्त्रालयले विद्यालयहरूलाई निर्देशन दिएको हो ।

केही विद्यालयहरूले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन गरेको गुनासो आएकोले त्यसो नगर्न निर्देशन दिइएको छ ।

साथै अर्को वर्षदेखि कक्षा १२ मा पनि नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिने मन्त्रालयले जनाएको छ । विद्यालयहरूले नयाँ पाठ्यक्रम लागू गरे वा नगरेको अनुगमन हुनेसमेत मन्त्रालयले जनाएको छ ।