१ कार्तिक २०८३, आइतबार

अर्थमन्त्री पौडेलको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठलाई आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका छन् ।

नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागमा कार्यरत श्रेष्ठलाई सोमबार नियुक्ति दिइएको हो । यसअघि पनि श्रेष्ठ लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष बनेका थिए ।

राष्ट्र बैंकको निर्देशक हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएका श्रेष्ठ कार्यकारी निर्देशकमा बढुवा भएसँगै राष्ट्र बैंक केन्द्रीय कार्यलयमा तानिएका थिए ।

अर्थमन्त्री पौडेलको यो निर्णयसँगै तालुकदार मन्त्रालयको रुपमा उनी राष्ट्र बैंकबाट काजमा अर्थ मन्त्रालय जाने छन् ।