
मोरङ, ४ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीका ५६ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । सोमबार कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल भर्ना भएका ती संक्रमितको सोही दिन राति मृत्यु भएको हो ।
मृतक दीर्घ रोगी भएको बताइए पनि कुन रोगबाट पीडित थिए भन्नेबारे अस्पतालले खुलाएको छैन ।















प्रतिक्रिया