१ कार्तिक २०८३, आइतबार

लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । लोकसेवा आयोगले कात्तिक १६ गतेदेखि लिने गरी तयारी गरिरहेको सबै लिखित परीक्षा स्थगित गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सृजना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी गराएको छ ।

यसअघि सर्वोच्च अदालतले कोरोना संक्रमितलाई समेत परीक्षामा सहभागी गराउने वातावरण मिलाउन लोकसेवा आयोगलाई आदेश दिएको थियो ।

तर, आयोगले भने परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने कारण देखाउँदै परीक्षा नै स्थगित गरेको छ ।

हेर्नुहोस् सूचना–