१ कार्तिक २०८३, आइतबार

पूर्वप्रधानमन्त्री भट्टराईले भने– यस्तो सरकार किन चाहियो ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कमिसन र भत्तामा चुर्लुम्म डुबेको सरकार नचाहिने बताएका छन् ।

सोमबार बिहान ‘रिमुभ केपी ओली ह्यासट्याग सहित ट्विट गर्दै उनले लेखेका छन्, ‘कोरोना उपचारखर्च आफै व्यहोर ! वेहोस भए मात्रै अस्पताल जाऊ ! वेरोजगार श्रमिक रुँदै गाऊॅ फर्क ! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क ! महिनौंदेखि स्कूल–कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर ! आसेपासेहरू कमिसन÷भत्ता डकार ! यस्तो सरकार किन चाहियो ?’

नागरिकलाई परेको अप्ठेरोमा सरकार प्रभावहीन भएपछि सरकार नै नचाहिने उनको टिप्पणी छ ।