१ कार्तिक २०८३, आइतबार

नेपाल बैंकले वार्षिकोत्सवको अवसरमा कुन–कुन सेवा गर्दैछ निःशुल्क ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नेपालको पहिलो बैंक नेपाल बैंकले आगामी वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क गर्ने भएको छ ।

वि.स. १९९४ कात्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भएको बैंकले ८४औं वार्षिकोत्सवको अवसरमा कात्तिक १ गतेदेखि निक्षेप खाताहरुमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो शेयर, सी–आस्वा र भिसा डेविट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।

देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्सन काउन्टरमार्फत देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।