१ कार्तिक २०८३, आइतबार

विश्वभर काेराेना सङ्क्रमितकाे सङ्ख्या ४ कराेड नाघ्याे, मृतकको कति ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४ करोड नाघेको छ ।

विश्वका २१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म ४ करोड ५६ हजारभन्दा धेरै सङ्क्रमित भएको वल्र्डोमिटरले जनाएको छ ।

यस्तै सङ्क्रमितमध्ये ११ लाख १५ हजार ८०० भन्दा धेरैको ज्यान गएको छ भने २ करोड ९९ लाख ५१ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

विश्वमा अहिले ८९ लाख ७२ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८३ लाख ४३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा २ लाख २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै सबैभन्दा प्रभावितको दोस्रो स्थानमा रहेको भारतमा ७४ लाख ९४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा १ लाख १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।