१ कार्तिक २०८३, आइतबार

डेढ करोड रुपैयाँभन्दा बढीको यार्चागुम्बासहित १ जना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, २ कात्तिक । डेढ करोड रुपैयाँ भन्दा बढी मूल्यको जडिबुटी यार्सागुम्बासहित दार्चुलामा एक जना पक्राउ परेका छन् ।

महाकाली नगरपालिका–४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५१० ग्राम अवैध जडिबुटी यार्चागुम्बासहित हुम्ला नाम्खा गाउँपालिका–३ का ३५ वर्षीय दोकार लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

बरामद यार्चागुम्बासहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।