६ मंसिर २०८३, आइतबार

तरुण दलद्वारा सिन्धुपाल्चोकमा दशैँ मान्न चामल वितरण

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २ कात्तिक । नेपाल तरुण दल सिन्धुपाल्चोकले बाढीपहिरो पीडितहरूलाई दशैँ मनाउन सहज होस् भनेर निःशुल्क चामल वितरण गरेको छ ।

तरुण दलका अध्यक्ष दोर्जे लामाका अनुसार शनिबार त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर २ सेलेलेका बाढीपहिरो पीडितहरूलाई ३५ बोरा चामल वितरण गरिएको छ ।

पीडितहरूलाई दशैँमा समस्या नहोस् भनेर चामल वितरण गरिएको अध्यक्ष लामाले बताए ।

तरुण दलले पठाएको चामल नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका–२ ईकाइ सभापति रमेश राउत, त्रिपुरासुन्दरी गाउँपालिका तरुण दलका अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष दीपक गुरुङ लगायतको उपस्थितिमा वितरण गरिएको थियो ।

सोही कार्यक्रममा चामालका साथै सर्वसाधारणहरूलाई कोरोनाबाट बच्नका लागि मास्क पनि वितरण गरिएको छ ।

नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष लामाले यसअघि जिल्लाभरि ४१ हजार पिस सर्जिकल मास्क वितरण गरिसकेका छन् ।