धनगढी, २ कात्तिक । कैलाली जिल्लामा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ ।
जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परेकाे एसएसपी मुकेश सिंहले जानकारी दिएका छन् ।
असईसँगै रहेका हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको सिंहले बताए ।
असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दीमा रहेकाले ड्युटीमा रहेको प्रहरी भनाइ छ ।











प्रतिक्रिया