१ कार्तिक २०८३, आइतबार

इलाममा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २ कात्तिक । कोरोना भाइरसको संक्रमणबाट इलाममा पहिलोपटक १ जनाको मृत्यु भएको छ ।

मृगौलासम्बन्धी बिरामी भई नोवेल अस्पतालमा उपचाररत सूर्योदय नगरपालिकाका–८ की ८ वर्षीया बालिकाको शनिबार राति मृत्यु भएको हो । उनलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा बालिकाको बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बालिकाको नेफ्रोटिक सिन्ड्रोमको उपचार भइरहेको थियो । असोजको ६ गतेबाट उपचारका लागि विराट नर्सिङ होममा राखिएको ती बालिकामा ५ दिनअघि कोरोना संक्रमण देखिएको थियो ।

थप उपचारको लागि भेन्टिलेटर नपाएपछि उनलाई घर ल्याउने क्रममा निधन भएको हो ।