१ कार्तिक २०८३, आइतबार

उदयपुरमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

विराटनगर, २ कात्तिक । उदयपुरमा कार दुर्घटना हुँदा ५ जनाका मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति दुर्घटनामा परेको हो ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको उक्त कार सडकबाट करिब ९०० मिटर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना मृतकको पहिचा खुल्न नसकेको प्रहरीले बताएको छ ।

अन्य मृतकमा २ जना पुरुष र १ जना महिला छन् ।

यस्तै ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र कार चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् ।