काठमाडौं, २ कात्तिक । कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन् ।
अध्यक्ष थापाकाे स्वास्थ्यमा निकै सुधार भएकाे अस्पतालले जनाएकाे छ । उनलाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको छ ।
टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति जारी गरेर जनाएकाे छ ।
हाल ज्वरो नियन्त्रणमा रहेको र श्वासप्रश्वासमा पनि समस्या नरहेको अस्पतालले जनाएको छ ।











प्रतिक्रिया