२ कार्तिक २०८३, सोमबार

स्पेनिस ला लिगामा गेटाफेसँग बार्सिलोना पराजित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २ कात्तिक । लियोनल मेस्सीसहितको बार्सिलोना स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पराजित भएको छ ।

अवे मैदानमा भएको खेलमा बार्सिलोना गेटाफेसँग १–० ले पराजित भएको हो । ५६ औँ मिनेटमा जेमी माताले पेनाल्टी मार्फत गरेको गोल नै गेटाफेको जित र बार्सिलोनाको हारका लागि निर्णायक बन्यो ।

पहिलो हाफमा मेस्सीले गोल गर्ने मौका बनाएका थिए, तर सफल हुन सकेनन् । एन्टोनी ग्रिजम्यानले पनि गोल गर्ने प्रयास गरेका थिए ।

पराजित भएको बार्सिलोना चार खेलबाट सात अंकसहित नवौँ स्थानमा रहेको छ । विजयी भएको गेटाफे १० अंकसहित दोस्रो स्थानमा छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले सेल्टा डी भिगोलाई २–० ले पराजित गरेको छ । यस्ते सेभिल्लालाई १–० ले पराजित गरेको ग्रानाडा १० अंकसहित चौथो स्थानमा छ ।